पर्सा । कर्तव्य पालनाको क्रममा निधन भएका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको ‘बेस्ट इन्टिग्रिटी अवार्ड’ यस वर्ष सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बालाई प्रदान गरिएको छ।

सोमबार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको परिसरमा वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले पुरस्कार हस्तान्तरण गरेका हुन्।

स्व. थपलियाको स्मृतिमा वीरगन्ज उद्योग वाणिज्य संघले दुई लाख रुपैयाँको अक्षय कोष खडा गरी, त्यसबाट प्राप्त ब्याजमार्फत हरेक वर्ष उत्कृष्ट कार्य गर्ने एक सशस्त्र प्रहरीलाई २५ हजार रुपैयाँ राशिको यो पुरस्कार प्रदान गर्दै आएको छ।

सुब्बालाई गुल्म कमान्डरका रूपमा रहँदा अवैध चोरी–निकासी पैठारी नियन्त्रण र राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा यो अवार्ड प्रदान गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय