
काठमाण्डौं— मधेश प्रदेश प्रहरीलाई प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता को उपाधि जितेको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयबाट अभिलेखमा रहने गरी नगद पुरस्कार वितरण गरिएको छ।
नेपाल प्रहरी खेलकुद समितिले मूलपानी क्रिकेट मैदानमा आयोजना गरेको फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गर्दै उपाधि चुमेको थियो।


डिआईजी लालमणी आचार्यले विजयी टिमका खेलाडी तथा अफिसियललाई नगद पुरस्कार प्रदान गरे। साथै, नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु संगठनका लागि गौरवको विषय भएको बताए।
गत फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालयसहित आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।





