सुर्खेत, १७ जेठ २०८३ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शान्ति सुरक्षा सुदृढीकरण, सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुहरूको सुरक्षित र मर्यादित यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले यातायात व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलको संयोजकत्वमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरू तथा जिल्लामा क्रियाशील विभिन्न यातायात व्यवसायी समिति एवं यातायात सञ्चालकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित चुनौती, सडक सुरक्षा, ट्राफिक अनुशासन, यात्रु सेवाको गुणस्तर अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गरिएको थियो। साथै यात्रुहरूको सुरक्षित, सहज र मर्यादित यात्राका लागि प्रहरी र यातायात व्यवसायीबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

प्रहरी उपरीक्षक पोखरेलले सुरक्षित यातायात सेवा प्रवाहमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनको पालना, यात्रुप्रति जिम्मेवार व्यवहार तथा सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो। कार्यक्रममा सहभागीहरूले पनि यातायात क्षेत्रका समस्या समाधान तथा दुर्घटना न्यूनीकरणका लागि संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय