सल्यान। सल्यानमा निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१, गैलीबजार निवासी दिपेन्द्र सुनारकी ३६ वर्षीया श्रीमती ललिता सुनार रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार साँझ करिब ७ः१५ बजे भर्खरै ढलान गरिएको घरको छतमा पानी हाल्ने क्रममा ललिता चिप्लिएर करिब तीन तलामाथिबाट खसेकी थिइन्।

घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उपचारकै क्रममा राति करिब ११ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय