कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महिला प्रहरी कर्मचारीहरूले कार्यस्थलमा भोगिरहेका समस्या, गुनासा र सुझाव संकलन गर्दै समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

३१ असार २०८३ मा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कार्यालय तथा मातहतका विभिन्न प्रहरी युनिटमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा महिला प्रहरी कर्मचारीहरूले कार्यस्थलमा भोगिरहेका व्यावसायिक तथा व्यक्तिगत चुनौती, कार्यसम्पादनका क्रममा देखिएका समस्या, सेवा–सुविधासम्बन्धी गुनासा तथा सुधारका सुझाव प्रस्तुत गरेका थिए।

प्रहरी उपरीक्षक भट्टले प्राप्त गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिँदै आवश्यक समन्वय र पहलमार्फत समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले संगठनभित्र खुला संवाद, पारदर्शिता र सकारात्मक कार्य वातावरण निर्माण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार महिला प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्यसम्पादनमा सहजता तथा संगठनभित्र आपसी विश्वास र सहकार्य सुदृढ गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय