
रुपन्देही, वैशाख ४ — रुपन्देहीको मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियाबाट अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका लाखौं रुपैयाँ बराबरका कपडा तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मझगावाको टोलीले प्रहरी निरीक्षक तपेन्द्र विष्टको नेतृत्वमा आज बिहान करिब ०४:०० बजे विशेष गस्तीका क्रममा उक्त सामग्री नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भन्सार छलि लुकाइछिपाइ ल्याइएका लेडिज सुट, लेहेङ्गा–कुर्ता, प्लाजो तथा काँचो कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सुचना अधिकारी डिएसपी कृष्ण चन्दले जानकारी दिनु भयो ।
यसैगरी तस्करीमा प्रयोग गरिएका ३ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका कपडा तथा सवारी साधनको कुल अनुमानित मूल्य करिब १३ लाख २० हजार रुपैयाँ रहेको छ।
प्रहरीले बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।



