जनकपुरधाम। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली (Traffic Violation Record System–TVRS) अन्तर्गत ई–चलान (Digital Chit) सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अनुशिक्षण कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूबाट ६२ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।

अनुशिक्षणमार्फत ई–चलान प्रणालीको प्रभावकारी सञ्चालन, ट्राफिक नियम उल्लङ्घनको डिजिटल अभिलेखीकरण तथा आधुनिक प्रविधिको प्रयोगबारे सहभागीहरूलाई व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

प्रहरीका अनुसार ई–चलान (Digital Chit) प्रणाली लागू भएपछि ट्राफिक कारबाहीलाई थप पारदर्शी, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्नेछ। यस प्रणालीमार्फत सर्वसाधारणले मोबाइल बैंकिङ, डिजिटल वालेट तथा Connect IPS प्रयोग गरी देशको जुनसुकै स्थानबाट सहज रूपमा ट्राफिक जरिवाना रकम भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध हुनेछ।

मधेश प्रदेश प्रहरी कार्यालयले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय