
काठमाडौं । सुनसरीमा तरकारी बोकेको ट्रकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख १८२५ नम्बरको ट्रकलाई इनरुवा नगरपालिका–३, सखुवागाछीमा जाँच गर्ने क्रममा ६३ वटा बोरामा लुकाएर राखिएको २ हजार ५६६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा बन्दागोभीले छोपेर ढुवानी गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय ट्रक चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलाई नियन्त्रणमा लिइएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





