
जनकपुरधाम । धनुषाको रमदैयामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।
जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयास्थित राजदेव मन्दिर अगाडि मंगलबार प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले पैदल रहेकी महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी छोरी नैनसीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





