काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको नाम परिमार्जन गर्ने विधेयक प्रतिनिधिसभामा पेश भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बन्धित मन्त्री सीता वादीले ‘नेपाल ऐन संशोधन गर्ने विधेयक–२०८३’ प्रस्तुत गरेकी हुन्। मन्त्रालयको कार्यक्षेत्रलाई थप स्पष्ट पार्दै नाममा थप समावेशी पहिचान समेट्न विधेयक ल्याइएको मन्त्री वादीले बताइन्।

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयको कार्यक्षेत्रअनुसार विद्यमान कानुनहरूमा मन्त्रालयको नामसमेत परिमार्जन गर्न आवश्यक भएकाले विधेयक ल्याइएको हो।

यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै सांसदबाट विरोधको सूचना परेको थिएन। त्यसपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएकी हुन्।

विधेयक पारित भएमा कानुनी रूपमा मन्त्रालयको नाम ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ कायम हुनेछ। यससँगै सम्बन्धित विद्यमान ऐनहरूमा समेत मन्त्रालयको नाम सोहीअनुसार परिमार्जन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय