सिरहा। सीमा क्षेत्रमा निगरानी र गस्तीलाई तीव्र बनाएको सशस्त्र प्रहरीले सिरहाका विभिन्न नाकाबाट १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका एसपी सुमनजंग थापाको नेतृत्वमा खटिएको टोलीले भदौ २२ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा ती सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेका तथा भारतबाट नेपाल भित्र्याउँदै गरेका लत्ताकपडा, मोटरसाइकल, किराना सामग्री, सुर्ती, बीउबिजन, कस्मेटिक सामान, पेय पदार्थ, मदिरा र इन्धन बरामद गरिएको छ।

यसैगरी, सीसी क्यामेरा, मनिटर, हार्डड्राइभ, कीटनाशक विषादी तथा पानी तान्ने मोटरलगायतका सामग्री पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामानको कुल मूल्य १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ रहेको जनाइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामग्री सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको छ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी, गस्ती र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय