
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।

बैठकमा पछिल्लो समयको रसुवा बाढीबाट उत्पन्न परिस्थिति, राहत तथा उद्धारसँग सम्बन्धित विषयसहित सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ। साथै, समसामयिक सरकारी विषयमा आवश्यक निर्णयसमेत हुन सक्ने बताइएको छ।




