काठमाडौं । सडक अवरोधका कारण एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई ग्यास वितरणमा पहिलो प्राथमिकता दिइने भएको छ।

बाढी, पहिरो तथा राजमार्ग अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ उद्योगमध्ये १८ वटामा ग्यास बुलेट पुग्न सकेको छैन। त्यसपछि नेपाल आयल निगमले उपलब्ध ग्यासलाई प्राथमिकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक लगाइएको छैन। तर होटल, रेस्टुरेन्टलगायत व्यवसायीले आवश्यक ग्यास सम्बन्धित उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्नेछ।

सडक अवरोधका कारण उद्योगसम्म बुलेट पुग्न नसकेपछि खाली सिलिन्डरलाई ट्रकमार्फत तराईका बोटलिङ प्लान्टमा पठाएर रिफिलिङ गरी पुनः काठमाडौं ल्याउने तयारी भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय