संखुवासभा । मकालु गाउँपालिका–५ माङ्सिमाबाट प्रहरीले भरुवा बन्दुकसहित २९ वर्षीय सिताराम गुरुङलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार गुरुङले इजाजतबिना भरुवा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उनलाई भदौ १५ गते पक्राउ गरेको हो।

नुन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गुरुङको घरमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक र त्यसमा प्रयोग हुने फलामका १४ वटा छर्रा बरामद गरेको प्रहरीले जनाएको छ।

बन्दुकसहित पक्राउ परेका गुरुङमाथि जिल्ला अदालत चैनपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय