काठमाडौँ । काठमाडौँको शंखमुलमा २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको घटनापछि दाङमा उनकी आमाको समेत मृत्यु भएको छ।

 

शुक्रबार काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका कालाखेतीमाथि दुई जनाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

 

मृतक कालाखेती दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय बासिन्दा हुन्। उनी फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए।

 

छोराको हत्या भएको खबर पाएपछि दाङमा उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीले जानकारी दिए। उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।

 

घटनापछि प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–३ का प्रमित पटेल र सोही स्थानका शेखर यादवलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको छ।

 

मृतकका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय