काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन्।

 

शुक्रबार रास्वपा कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले सञ्चारमाध्यममा आफू र आईजीपीबीच विवाद रहेको चर्चा भए पनि वास्तविकता त्यस्तो नभएको बताए।

 

उनका अनुसार संसदीय समितिमा प्रहरीसम्बन्धी उजुरी आएपछि त्यसबारे छलफल भएको मात्रै हो। ‘मेरो आईजीपीसँग कुनै विवाद छैन, प्रहरीसँग पनि कुनै विवाद छैन,’ उनले भने।

 

सुनारले रास्वपाको मुख्य उद्देश्य नै सुशासन कायम गर्ने र भ्रष्टाचार तथा बेथितिविरुद्ध आवाज उठाउने रहेको उल्लेख गर्दै संसदीय समितिमा उठेका विषयलाई व्यक्तिगत विवादका रूपमा नलिन आग्रह गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय