५ भदौ, सर्लाही । सर्लाहीको मलंगवामा ट्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा गोडैता नगरपालिका–५ की गुरिया कुमारी रहेकी छन्। प्रहरीका अनुसार बिहीबार बिहान करिब १० बजे मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकमा उनलाई ज १ त ५२४६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

 

नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ट्याक्टरले सोही दिशामा पैदल हिँडिरहेकी कुमारीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

 

घाइते कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले बिहान १०ः२२ बजे मृत घोषणा गरेका थिए।

 

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरसहित चालक गोडैता नगरपालिका–११ का १७ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साहसँग सवारी चालक अनुमतिपत्रसमेत थिएन।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय