
५ भदौ, काठमाडौं । प्रहरीले नागढुंगाबाट भन्सार छली गरी ल्याइएको करिब ५३ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगामा दिल्लीबाट काठमाडौं आउँदै गरेको बा प्र. ०३–००१ ख ३५३६ नम्बरको बस जाँच गर्ने क्रममा प्यासेजमा लुकाएर ल्याइएका विभिन्न सामान फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामानमा मोबाइल, ल्यापटप, टेम्पर्ड ग्लास, कपडा र जुत्ता रहेका छन्।
प्रहरीले सामान ओसारपसारमा संलग्न रहेको आरोपमा बस चालक कटारी नगरपालिका–११ का ३४ वर्षीय पविन्दर राना मगरलाई नियन्त्रणमा लिएको छ।
बरामद सामान र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।





