
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’मा पछिल्लो एक सातामा ५ हजार ५ सय ५७ वटा गुनासा दर्ता भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा उक्त विवरण सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार प्राप्त गुनासामध्ये २ हजार ३ सय ७९ वटा सम्बन्धित निकायमा पठाइएको छ भने २ हजार ५० वटा गुनासा समाधान भइसकेका छन्। यस्तै, ७५४ वटा गुनासा प्रक्रियामा रहेका छन्।
यस अवधिमा हेलो सरकारको टेलिफोन सेवामा ३ हजार १७८ फोन उठाइएको र त्यसमध्ये २ हजार १७७ वटा गुनासा फोनमार्फत नै समाधान गरिएको कार्यालयले जनाएको छ।





