
३ भदौ, काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका बिरामीलाई भैरहवाबाट काठमाडौं ल्याउँदै गरेको हेलिकप्टर खराब मौसमका कारण धादिङमा आकस्मिक अवतरण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार हेलिकप्टर गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय नजिक सुरक्षासहित अवतरण गरिएको हो।
उक्त क्षेत्रमा मौसम प्रतिकूल बनेपछि हेलिकप्टरलाई सुरक्षित रूपमा अवतरण गराइएको प्रहरीले जनाएको छ। हेलिकप्टरमा दुर्घटनामा घाइते भएका बिरामीलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो।
मौसममा सुधार आएपछि हेलिकप्टर पुनः काठमाडौंका लागि उडाइने प्रहरीले जनाएको छ।




