३ भदौ, काठमाडौं । नेपालमा साउन महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर खाना पकाउने ग्यास आयात तथा बिक्री भएको छ।

 

नेपाल आयल निगमका अनुसार साउनमा ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको हो। यो परिमाण ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर रहेको निगमले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

 

गत असारमा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। यस आधारमा असारको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी ग्यास बिक्री भएको देखिन्छ।

 

निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर ग्यास आयात तथा बिक्री भएको थियो। वैशाखमा यो संख्या घटेर २२ लाख ५७ हजार ४ सय ९६ र जेठमा २३ लाख १२ हजार ८ सय ३७ सिलिन्डरमा सीमित भएको थियो। त्यसपछि असार हुँदै साउनमा ग्यासको माग उल्लेख्य रूपमा बढेको देखिएको छ।

 

आगामी दिनमा ग्यासको आयात अझ बढ्ने भएकाले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ। निगमले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्नसमेत सचेत गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय