३ भदौ, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा खसेको पहिरो हटाएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

 

तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिकै बुधबार बिहान करिब साढे ७ बजे सुक्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन केही समय लागेको थियो।

 

पहिरो हटाएसँगै अहिले उक्त सडकखण्डमा सवारीसाधन आवतजावत गर्न थालेको सुरुङमार्ग आयोजनाका इन्जिनियर दिलीप भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय