काठमाडौँ — काठमाडौँको नागपोखरीबाट ठूलो परिमाणको खैरो हेरोइन र अन्य लागूऔषधसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोमबार अपराह्न काठमाडौँ महानगरपालिका–१ नागपोखरीस्थित एक घरमा अवैध लागूऔषधको कारोबार भइरहेको विशेष सूचना पाएपछि प्रहरी वृत्त मालीगाउँको टोलीले छापा मारेको थियो।

अनुसन्धानका क्रममा उक्त घर तथा बा ७ च ५१८० नम्बरको कार खानतलासी गर्दा बहुमूल्य लागूऔषध र विभिन्न सामग्रीहरू बरामद गरिएको छ।

बरामद गरिएका सामग्रीहरू: खैरो हेरोइनजस्तो देखिने पदार्थ: ३२९.०५ ग्राम, अन्य लागूऔषध: २२९ क्याप्सुल ट्रामाडोल र १०० ट्याब्लेट नाइट्राजेपाम, नगद रकम: रु १ लाख ९८ हजार ३२५, इलेक्ट्रोनिक्स र अन्य: ३ थान ल्यापटप, ४ थान मोबाइल, १ थान डिजिटल तराजु, १ थान सञ्चार सेट (वाकी-टकी) र १ रोल एल्युमिनियम पेपर

पक्राउ पर्ने व्यक्तिहरू: प्रभात तिवारी (४३ वर्ष) – काठमाडौँ महानगरपालिका–१ , रोलिन श्रेष्ठ (५१ वर्ष) – ललितपुर महानगरपालिका–४, भूपेन्द्र श्रेष्ठ (५७ वर्ष) – बलम्बु, काठमाडौँ–१४,  सुजन रायमाझी (४० वर्ष) – बरहथवा–६ (सर्लाही), हाल काठमाडौँ–१२

पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय