सिन्धुपाल्चोक । सामाजिक विकास साझेदारी कार्यक्रमअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकामा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८३ जेठ २८ र २९ गते सरोकार केन्द्र र पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा साइबर ब्यूरो, काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक आदित्यराज विष्टले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा गाउँपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयका शिक्षक तथा विद्यार्थीहरू गरी करिब २६० जनाको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर बुलिङ, डिजिटल सुरक्षाका उपाय तथा साइबर अपराधबाट बच्ने उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

मुख्य प्रशिक्षकका रूपमा प्रहरी निरीक्षक विष्टले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनाहरू पनि बढ्दै गएको उल्लेख गर्दै सचेत र जिम्मेवार डिजिटल नागरिक बन्न शिक्षक तथा विद्यार्थीहरूलाई आग्रह गरेका थिए।

आयोजक संस्था सरोकार केन्द्रका महासचिव जीवन शर्माका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी र समुदायमा साइबर सुरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै साइबर अपराध न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय