
काठमाडौँ । देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षाकर्मीप्रति सम्मान स्वरूप एम्बिसन गुरु परिवारले प्रहरीलाई सहयोग प्रदान गरेको छ।
संस्थाका प्रतिनिधि मन्जु भट्टका अनुसार आपतमा परेका प्रहरीलाई केही थान लुगा हस्तान्तरण गरिएको हो। “प्रहरी हाम्रो साथी हुन्, उनीहरूको त्याग र समर्पणप्रति हाम्रो सधैं सम्मान रहन्छ,” भट्टले बताइन्।

उक्त सहयोग कार्यक्रम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरीहरूलाई लक्षित गरिएको हो। आन्दोलनका क्रममा बानेश्वर प्रहरी बृत्तलगायतका कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
सहयोग कार्यक्रममा सहभागीहरूले सुरक्षाकर्मीप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि यस प्रकारका सामाजिक उत्तरदायित्वपूर्ण पहल निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।




