ललितपुर, इमाडोल – हालैको Gen Z आन्दोलनका क्रममा आगलागी हुँदा इमाडोल प्रहरीलाई प्रयोग गर्ने सबै पोसाक जलेर नष्ट भएपछि स्थानीय व्यापारी संस्थाले सहयोग गरेको छ।

थ्रेट गार्मेन्ट तथा लुगा घर, इमाडोलले सोमबार इमाडोल प्रहरी प्रभागमा खटिएका प्रत्येक सुरक्षाकर्मीलाई १ सेट ट्रयाकसुट र १ थान टि–सर्ट वितरण गरेको हो।

संस्थाका सञ्चालक कृष्ण तिमिल्सिनाले सुरक्षाकर्मीप्रतिको आभार व्यक्त गर्दै भने, “जनताको ज्यान र सम्पत्तिको सुरक्षामा अहोरात्र खटिने प्रहरीलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। आवश्यक परे भविष्यमासमेत निरन्तर सहयोग गर्नेछौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय