काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छन्।

उपाध्यायले बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै स्वतन्त्रता र जनअधिकारको रक्षा गर्न जेलनेल सहेर संघर्ष गरेका देउवामाथि भएको व्यवहारलाई निन्दनीय ठहर गरेकी हुन्। उनले भनिन्,

“स्वतन्त्रता र जनअधिकारको रक्षा गर्न जेलनेल सहेर संघर्ष गरेका सम्माननीय शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै म यसको कडा भर्त्सना गर्दछु।”

नेत्री उपाध्यायले शान्तिपूर्ण आन्दोलनमा सहभागीमाथि गरिएको गोली प्रहारप्रति गहिरो दुःख व्यक्त गर्दै वीरगति प्राप्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। साथै, शहीदहरूले देखाएको सपनाअनुसार भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न सम्पूर्ण नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छन्।

उनले हालै देशमा भएका घटनाहरूले सम्पूर्ण नेपालीलाई आत्मसमिक्षा गर्न बाध्य पारेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र जनअधिकारको संरक्षणमा सबै सचेत रहन आह्वान गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय