काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी गरिएको छ।

सुनुवाइ समितिकी तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सो पद रिक्त भएको हो।

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडा ‘कुलिङ अफ रिलिफ’ प्रकरणमा विवादमा परेपछि राजीनामा दिएका थिए।

खतिवडालाई सभापति चयन गर्ने कार्यसूचीसहित समितिको बैठक आज साँझ बस्ने भएको छ। बैठक कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा शुक्रबार साँझ ५ बजे बस्नेगरी निर्धारण गरिएको छ। सभापति निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउने कार्यसूची रहेको समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय