काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) तथा सर्जक चन्द्र कुवेर खापुङको शब्दरचनामा आधारित नयाँ गीत ‘सुवास बनेर आउनु तिमी’ सार्वजनिक भएको छ।

बसन्त सापकोटाको संगीत संयोजन तथा मेलिना राईको सुमधुर स्वर रहेको उक्त गीत २०८२ असार ६ गते शुक्रबार GAZZAB TV युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रेम र भावनात्मक आकर्षणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यो गीतमा “म फूल बनेर मुस्काई रहन्छु…” जुन बनेर आउन तिमी म तारा भनी पछ्याइ रहन्छु …. जस्ता मार्मिक पंक्तिहरूले श्रोता–दर्शकको ध्यान तानेका छन्। शब्दमा गहिरो भावना, संगीतमा मिठास र स्वरमा आत्मीयता मिसिएको यस सिर्जनालाई दर्शक र संगीतप्रेमीहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन्।

संगीत क्षेत्रमा पनि सशक्त उपस्थिति जनाइरहेका एआईजी तामाङले यसअघि पनि सामाजिक भावना बोकेका रचनाहरू प्रस्तुत गर्दै आएका छन्। यो गीत पनि उनीप्रतिको सिर्जनात्मक छवि बलियो बनाउने अपेक्षा गरिएको छ।

‘सुवास बनेर आउनु तिमी’ गीतलाई GAZZAB TV युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय