प्रिय जेनजी,

जो संसद, सिंहदरबार, सर्वोच्च र शीतल निवासलाई चलाउँछन् — ती तिम्रा सोचका बाधक हुन्; मानवरूपी दानवहरू नै हुन्। उनीहरूले कहिल्यै चाहेनन् यो देश शान्त र सुरक्षित रहोस्।

उनीहरूको काम हो — नेतृत्वको ओतप्रोत भ्रष्टाचार, राजनीतिक मतभेदलाई सामाजिक सद्भावको मुखौटा बनाएर उपयोग गर्ने, र गुण्डागर्दीलाई संरक्षण गर्दै नातावाद र कृपापात्रताको जाल फैलाउने। त्यसैले अहिले हाम्रो सामरिक महत्वका स्रोतहरू उनीहरूको आँखा अगाडि खरानी भएका छन्।

प्रिय जेनजी,

देशको शान्ति, सुरक्षा र अमनचैन कायम राख्न समर्पित हाम्रो प्रहरी संगठन आज तिनै कठिनाइ भोग्दैछ—

वासस्थान छैन, खाने र लगाउने साधन कठिनमै छन्; बाँकी छ केवल साहस र समर्पित शरीर।

यी कुराहरूको प्रभावले देशमा दिनप्रतिदिन लुटपाट, डाँकाचोरी, हत्या र बलात्कार जस्ता घटनाहरू बढिरहेका छन् र कानुनी राज्यप्रति खेदजनक उपहास बढ्ने खतरा छ। तर म विश्वास गर्दिनँ कि यो पुस्ता अचेत वा असक्षम छ। उनीहरू सक्षम छन्, सक्षम रहेकै कारण यो आन्दोलन सँग जुध्न सक्छ।

त्यसैले यदि तिमीहरूले गलत कदम चाल्यौ भने यस देशले भोग्नेछ — बलिदान, अस्थिरता, गरिबी, दण्डहीनता र सांस्कृतिक विचलन। तर देशलाई खरानी बनाउनेहरू विरुद्ध कानूनी डण्डा वर्षाएर सामाजिक न्याय र कानूनको राज स्थापित गर्न हामी सम्झौता गर्ने छैनौँ।

नेपालीको जय होस्!

जय नेपाल।

— लेखक नेपाल प्रहरीमा कार्यरत सहायक निरिक्षक मयलाल धितात हुनहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय