चापागाउँ । ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी प्रभाग चापागाउँको आयोजनामा आज आँखा शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

सडक प्रयोगकर्ताको स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सवारी चालक, सहचालक, स्थानीय बासिन्दा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूको आँखा परीक्षण, रक्तचाप जाँच, सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।

ट्राफिक प्रहरीले सडक अनुशासन मात्र होइन, नागरिकको जीवन र स्वास्थ्यप्रति पनि संवेदनशील रहेको सन्देश दिन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने आयोजकको भनाइ छ। शिविरमार्फत प्रारम्भिक चरणमै आँखासम्बन्धी समस्या पहिचान गर्न सकिने भएकाले सहभागीहरूले कार्यक्रमको प्रशंसा गरेका छन्।

ट्राफिक प्रहरी प्रभाग चापागाउँले ट्राफिक सप्ताहभरि नै विविध सचेतनामूलक तथा जनमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय