काठमाडौं, १९ असोज । हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडले नेपाल प्रहरीलाई विभिन्न सञ्चार तथा सुरक्षा उपकरण हस्तान्तरण गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा हाइटेराका प्रबन्ध निर्देशक Ning Ma ले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई Hytera POC P50 Pro Device २० थान, Body Worn Camera २५ थान र Hytera E-Pack Unit २ थान लगायतका उपकरण हस्तान्तरण गरेका हुन्।

उपकरण ग्रहण गर्दै प्रहरी महानिरीक्षक कार्कीले प्राप्त सहयोगले नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए। उनले अपराध अनुसन्धान तथा दैनिक प्रहरी कार्यलाई थप चुस्त बनाउनका साथै विपद्का समयमा भौगोलिक विकट क्षेत्रमा समेत छिटो र प्रभावकारी सञ्चार सम्पर्क स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन उपकरण उपयोगी हुने विश्वास व्यक्त गरे।

हाइटेराका प्रबन्ध निर्देशक Ning Ma ले हस्तान्तरण गरिएका उपकरणले नेपाल प्रहरीको कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय