काठमाडौं । बलात्कार आरोपमा नेपाली सेनाका एक मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले बस्नेत थर भएका ती व्यक्तिलाई करिब एक साताअघि पक्राउ गरेको हो।

घटना गत असोज ३ गतेको रहेको प्रहरीले जनाएको छ। पीडित भनिएकी युवती नेपाली मूलकी विदेशी नागरिक रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार घटनाको राति ठमेलस्थित एक रेस्टुरेन्टमा युवक र युवती अबेरसम्म बसेका थिए। त्यसपछि उनीहरू बिहान करिब ३ बजे ठमेलको ज्याठास्थित एक होटलमा पुगेका थिए। युवक बिहान करिब ६ बजे होटलबाट बाहिरिएका थिए भने युवती दिउँसो मात्र बाहिरिएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ।

युवतीले सोही बिहान आफू बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। घटनाको करिब तीन दिनपछि उनले जाहेरी दिएको प्रहरीले जनाएको छ।

जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर बस्नेतलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा युवक र युवतीबीच घटनाभन्दा केही दिनअघि मात्रै चिनजान भएको खुलेको प्रहरी स्रोतले जनाएको छ। रेस्टुरेन्टमा भएको चिनजानपछि उनीहरू होटल पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय