काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाल फेरि पुर्पक्षका लागि कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

यसअघि बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले उनलाई थुनामा पठाएको थियो। पछि सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

मंगलबार विशेष अदालतमा उपस्थित भएका अग्रवालको बयान तथा थुनछेक बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

बिचौलिया दीपक भट्टसँग मिलेर विभिन्न वित्तीय अपराध गरेको अभियोगमा शंकरलालसहित उनका दुई छोरा, बुहारी र नातिसमेतविरुद्ध सम्पत्ति शुद्धीकरण, धितोपत्रसम्बन्धी कसुर, बैंकिङ कसुर तथा बीमासम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

उनका छोरा सुलभ अग्रवाल पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थुनामै छन् भने अर्का छोरा साहिल अग्रवाल फरार रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय