
तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तनहुँ क्षेत्र नं. १ बाट पवनलाल श्रेष्ठले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका श्रेष्ठले पार्टी संगठनमा युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

उनले ‘युवालाई अवसर, संगठनलाई ऊर्जा, नेतृत्वमा नयाँ पुस्ता’ भन्ने नारासहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।
श्रेष्ठले पार्टीको संगठनलाई थप सक्रिय, गतिशील र ऊर्जाशील बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले युवाको प्रतिनिधित्व सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।





