काठमाण्डौं—नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई बुधबार अनधिकृत पत्रमार्फत कारागार चलान गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध अब सरकारी कागजात कीर्तेसम्बन्धी मुद्दा दर्ता गरिने भएको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखामा कार्यरत विष्टले सर्वोच्च अदालतको लेटरप्याड र छापको दुरुपयोग गरी चौधरीको रिहाइसम्बन्धी झुटो पत्र तयार पारेका थिए। उक्त पत्र अनधिकृत ठहरिएपछि चौधरी पुनः कारागार चलान भएका छन् भने विष्टलाई प्रहरीले हिरासतमा लिएको छ।

जिल्ला प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार विहीबार सार्वजनिक बिदा परेकाले शुक्रबार विष्टको म्याद थप गरिएको हो। प्रारम्भिक बयानमा विष्टले जानीजानी उक्त कार्य गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

साथै, सर्वोच्च अदालतले पनि विष्टका विषयमा आवश्यक निर्णय लिने तयारीमा रहेको बताइएको छ। प्रहरीले भने अदालतको निर्णय र अनुसन्धानलाई समन्वय गर्दै मुद्दा अगाडि बढाइने जनाएको छ।

यसबारे थप प्रतिक्रिया लिन खोजिएको भए पनि अदालत र प्रहरी दुवै पक्षबाट विस्तृत विवरण अझै आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय