काठमाण्डौं— सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। शुक्रबार बिहान गृह मन्त्रालयले दाहाललाई मन्त्रालयमा तानेर उनको स्थानमा कपिलवस्तुका सीडीओ विश्वप्रकाश अर्याललाई सिराहा पठाएको छ।

मन्त्रालय स्रोतका अनुसार सिराहाको औरही गाउँपालिका–५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई तानिएको हो।

सोही स्थानमा चैत १७ गतेदेखि महायज्ञ आयोजना गर्न लागिएको छ। मल्लिकको घर भत्काइएकै ठाउँमा महायज्ञ गर्न लागेपछि व्यापक विरोध भइरहेको छ। घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डित बिहीबार पालिका पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय