काठमाडौं । देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा भोलि (भदौ २८) राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाणे भएका छन्।

तीन वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका थापापछि विभागको मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुने भएको छ। यसबीचमा ‘जेनजी’ आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका कारण देश राजनीतिक रूपमा शून्य अवस्थामा पुगेको छ।

यतिबेला सैनिक मुख्यालय जंगी अड्डामा कर्फ्यू, नेताहरूको सुरक्षा व्यवस्था मात्र नभई नयाँ प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएका छन्।

गुप्तचर प्रमुखको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने प्रावधान छ। तर, भोलिसम्म नयाँ प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा प्रमुखविहीन राअवि संचालनमा अन्योल सिर्जना हुने सुरक्षा विज्ञहरूको भनाइ छ।

अहिले विभागको नेतृत्वका लागि दुई अतिरिक्त मुख्य निर्देशकबीच प्रतिस्पर्धा देखिएको छ। तीमध्ये ओम जोशी पहिलो वरियतामा रहेका कारण नयाँ नियुक्ति नभएसम्म जोशीले नै कायम मुकायम प्रमुखको रूपमा काम गर्ने सम्भावना बढी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय