काठमाडौं — अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको नाम समेत चर्चामा आएको छ।

नेपाल प्रहरीमा करिब ३० वर्ष सेवा दिँदै कुशल प्रशासकका रूपमा ख्याति कमाएका खनालले मुलुकमा फरक काम गर्न सक्ने विश्वास राख्नेहरू छन्। हाल कुनै पनि राजनीतिक दलमा संलग्न नभएकाले उनको नामलाई थप सशक्त मानिएको विश्लेषण गरिएको छ।

‘जेन–जी’ समूहका एक पक्षले समेत उनलाई समर्थन जनाउँदै अन्तरिम प्रधानमन्त्रीका लागि प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय