काठमाडौं। थाइल्यान्डबाट नेपालतर्फ तस्करी गरी ल्याइएको ७ किलो ५६० ग्राम लागूऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार विशेष सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुको ‘क्रिमिनल प्रोफाइलिङ’ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र, मुम्बई ठेगाना भएका आबिद मुख्तार र उत्तर प्रदेश ठेगाना भएका २९ वर्षीय मोहमद अम्मार रहेका छन्।

उनीहरूलाई असोज १६ गते थाई एयरवेजको उडान नम्बर TG 319 मार्फत थाइल्यान्डबाट काठमाडौं आएपछि पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ७ किलो ५६० ग्राम थाई गाँजा, दुई थान पासपोर्ट र दुई थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय