काठमाडौं । आकर्षक तलबसहित जापान पठाइदिने प्रलोभन देखाएर १५ जनाबाट १ करोड १ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने २६ वर्षीय दीपबहादुर तामाङ रहेका छन्। रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ स्थायी घर भएका तामाङ निम एजुकेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक हुन्।

प्रहरीका अनुसार तामाङले जापान पठाइदिने भन्दै १५ जना पीडितबाट १ करोड १ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई सोमबार महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय