
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट प्रहरीले ४६.६ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले लागू औषध खरिद–बिक्री भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपालगञ्ज–१६ का २१ वर्षीय मेहेरमान खान र सोही स्थानका १८ वर्षीय इसाज साई रहेका छन्।
उनीहरूको साथबाट ४६.६०० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल बरामद गरिएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




