रुपन्देही । लागुऔषध ब्राउन सुगर मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि फरार रहेका एक प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ पुरैनीका जुगाने भन्ने कृष्णमोहन चौहान (राउडी लोनिया) रहेका छन्।

रुपन्देही जिल्ला अदालतले २०७६ मंसिर २ गते गरेको फैसलाअनुसार चौहानलाई लागुऔषध ब्राउन सुगर मुद्दामा ८ वर्ष कैद र १२ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए।

फरार प्रतिवादीको खोजीका क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चौहानलाई २०८३ भदौ २२ गते बिहान करिब ८ बजे शुद्धोधन गाउँपालिका–५ पुरैनीबाट पक्राउ गरेको हो।

पक्राउ परेका चौहानलाई अदालतको फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय