पर्सा । पर्सामा प्रहरीले ४० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ निवासी ६० वर्षीय गोरे लामा रहेका छन्।

प्रहरीका अनुसार गाँजा बिक्री–वितरण तथा भण्डारण गरी राखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले मंगलबार राति करिब ९ बजे लामाको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र ड्रममा लुकाइछिपाइ राखिएको अवस्थामा करिब ४० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजा बरामद भएपछि प्रहरीले लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय