काठमाडौं ।काठमाडौंको ठमेलमा पैदल हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं–१४ कलंकीका ३० वर्षीय सालिन साह रहेका छन्।

भदौ १८ गते ठमेलमा युवतीलाई ‘ब्याड टच’ गरी अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान थालेको थियो। प्रहरीले साहलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने क्रममा साहले आफ्नो हुलिया परिवर्तन गरिसकेका थिए। घटनाको भिडियोमा लामो कपालमा देखिएका उनले प्रहरी कारबाहीबाट बच्न घर गएर कपाल छोटो काटेको अनुसन्धानबाट खुलेको छ।

कार्यालयका एसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका व्यक्ति घटनामा संलग्न साह नै हुन् वा होइनन् भन्ने यकिन गर्न पीडितलाई बोलाइएको छ। पीडितबाट सनाखत गराएपछि मात्रै कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय