
काठमाण्डौं।बाराको पचरौता नगरपालिका–७ बेनौलीबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ।
शनिबार राति धानखेतमा एम्बुस थापेर बसेको प्रहरी टोलीले ८–९ जनाको समूहलाई गाँजा बोकेर आउँदै गरेको देखेपछि नियन्त्रणमा लिन खोजेको थियो। तर प्रहरीलाई देख्नासाथ उनीहरू गाँजाका ९ वटा पोका खेतमै छाडेर फरार भएका हुन्।

बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ भने फरार व्यक्तिहरूको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ।




