
धनुषा । प्रहरीले धनुषामा झाडीभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा झाडीभित्र लुकाएर राखिएको १०७ किलो गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। गाँजा लुकाएर राख्ने व्यक्तिको पहिचान तथा संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।




