
काठमाडौं । डाँका चोरी मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएका ३० वर्षीय सागर तामाङ भनिने विजय मोक्तान रहेका छन्। जिल्ला अदालत भक्तपुरले उनलाई डाँका चोरी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

सजाय भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेका मोक्तान २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३, कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।




