
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, सिद्धबासस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–४ का २७ वर्षीय प्रमोद हमाल र १९ वर्षीय लक्ष्मण जिसी रहेका छन्।
उनीहरूको साथबाट २ किलो ४३० ग्राम गाँजा, नगद ९ हजार १३५ रुपैयाँ र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।




