पोखरा । लागुऔषध मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले ठूलो परिमाणमा लागुऔषध टोपेडाडोलसहित पोखराबाट पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार पोखरा महानगरपालिका–१८ अघेरीकुनाबाट धादिङ ज्वालामुखी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–८ कुँवर टोलमा डेरा गरी बस्ने ४१ वर्षीय अनुप छतकुल्लीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट लागुऔषध टोपेडाडोलका ११ हजार ७६८ ट्याब्लेट र एउटा मोबाइल बरामद भएको छ।

छतकुल्ली यसअघि पनि वडा प्रहरी कार्यालय बैदाममा दर्ता भएका दुईवटा लागुऔषध मुद्दामा फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

पक्राउ परेका छतकुल्लीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय